
वासिङ्टन । विश्व नम्बर एक यानिक सिनर पहिलोपटक युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ च्याम्पियन बन्नुभएको छ । अर्थर एश रंगशालामा आइतबार इटालियन स्टार सिनरले १२औँ वरीयताका अमेरिकी खेलाडी टाइलर फिट्जलाई ६-३, ६-४, ७-५ ले पराजित गर्दै पुरुष एकलतर्फ च्याम्पियन बन्नुभएको हो ।
सिनरको यो वर्ष तथा करियरको दोस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उहाँले गत जनवरीमा वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो ।
यसैगरी महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबालेन्काले जित्नुभएको छ । उहाँले अमेरिकी खेलाडी जेसिका पेगुलालाई पराजित गर्नुभयो । अर्थर एश रंगशालामा आइतबार दोस्रो वरीयताकी साबालेन्काले छैटौँ वरीयताकी अमेरिकी खेलाडी जेसिका पेगुलालाई ७–५, ७–५ ले पराजित गर्नुभएको हो ।
साबालेन्काको यो वर्ष दोस्रो तथा समग्रमा तेस्रो ग्रान्डस्लाम उपाधि हो । उहाँले गत जनवरीमा वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच