धादिङ । धादिङको नौबिसे सडक खण्ड अन्तर्गत सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
आज अपराह्न गएको पहिरोमा एउटा स्कारपियो गाडीसमेत परेको थियो ।
धादिङ प्रहरीका अनुसार पहिरोमा परी मानवीय क्षति भने भएको छैन ।
पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।
दुईतर्फी अबरुद्व खुलाउन कम्तिमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।






