काठमाडौं । अमेरिकन ब्राण्ड ब्लाक एण्ड डेकरले दशैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स, बिगर जोय’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्स खरिदमा स्योर सट उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । स्योर सट उपहार स्वरूप ग्राहकले ब्लाक एण्ड डेकरको ओएफआर हिटर खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटिजी ओभन, इ-प्रेसर कुकर र भ्याकुम क्लिनरलगायत खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् ।
साथै एयर हृयुमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उत्सवका अवसरमा ब्लाक एण्ड डेकरले आफ्ना ग्राहकलाई थप खुसी र आनन्ददायक बनाउने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ । ब्लाक एण्ड डेकर ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements