काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय(केयु)परिसरमा बिवाइडीको चार्जिङ स्टेसन स्थापना गरिएको छ । केयुका उपकुलपति भोला थापा र बिवाइडीको एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङको उपस्थितिमा चार्जिङ स्टेसन उद्घाटन गरिएको हो ।
केयुले चार्जिङ स्टेसनको स्थापना गरेर दिगोपन र नवप्रवर्तनको दिशामा महत्वपूर्ण कदम चालेको जनाएको छ । कार्यक्रममा जुलियाङले विद्युतीय सवारीसाधनको महत्व र अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न बिवाइडीले भूमिका खेलेको बताउनुभयो ।
उहाँले स्वच्छ ऊर्जा प्रविधिहरूमा अनुसन्धान र नवप्रवर्तन अघि बढाउन केयुसँग बिवाइडीको सहकार्यजस्ता शैक्षिक संस्थाहरू र उद्योगका नेताहरूबीचको साझेदारीको महत्वमा जोड दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता