
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २५.४६ अंकले घटेर २७०१.९० अंकमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको थियो ।
आइतबार ८५ कम्पनीको मूल्य बढेको छ भने एक सय ५७ कम्पनीको घटेको छ । तीन कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । यस दिन १० अर्ब १२ करोड २४ लाख आठ हजार दुई सय ४९ रुपैयाँको कारोबार भएको छ । कुल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता सेयर खरिदबिक्री भएका हुन् । लघुवित्त समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढेका छन् भने बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बिमा १.४२, निर्जीवन बिमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशतले घटेका छन् ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार चार कम्पनी अर्थात् माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इञ्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ भने तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा बढेको छ । महुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिडसोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
थ्रिस्टार हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सिइडिबी हाइड्रोपावर कम्पनीका ४२ करोड १९ लाख रुपैयाँ बराबरका सेयर खरिदबिक्री भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच