लुम्बिनी । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी) कारागार चलान भएका छन् ।
रुकुम जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका सांसद केसी निलम्बित भएसँगै कारागार चलान भएका हुन् ।
सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएको मुद्दामा उनलाई श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।
२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिनुभयो ।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
प्रहरीको फरार सुचीमा रहेका लुम्बिनीका केसीले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको थियो। ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गर्नुभएको हो।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । अदालतको फैसल्लापछि केसी फरार रहेर सजाय भुक्तान गरेका थिएनन् ।
प्रहरीको फरार सूचीमा रहेको केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि बिरोध हुँदै आएको थियो । उनी रूकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts