मकवानपुर । नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको थाहा नगरपालिकाका नगर प्रमुख बिष्णुबहादुर बिष्टले बताउनुभयो ।
शनिबार थाहा नगरको जेसीज हलमा भएको एकदिने सेयर सम्बन्धी तालिमको प्रमुख अतिथि बिष्टले समाजको सकारात्मक परिवर्तनको लागि लायन्स र लियो क्लबको सिद्धान्त ब्यबहारिक भएको बताउनुभयो।
लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भएको १ दिने शेयर सम्बन्धी तालिममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान र लियो जिल्ला परिषद् ३२५ एमका जिल्ला उपाध्यक्ष प्रबेशकुमार कार्कीको विशेष आतिथ्यता रहेको थियो ।
मकवानपुर जिल्लामै पहिलो पटक भएको सेयर तालिममा थाहानगरका ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
लामो समयदेखि सेयर बजारमा सक्रिय नेपाली सेयर बजारका बिज्ञ सुबासचन्द्र भट्टराइले सेयर अभिमुखिकरण तालिमको सहजिकरण गर्नुभएको थियो ।
क्लबका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षतामा भएको तालिम कार्यक्रम उद्घाटन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्ट, पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझी, ग्लोबल ईन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रवन्धक निर्देशक जीवनकुमार बस्नेत, लायन्स क्लब अफ थाहा पिसका पूर्व अध्यक्षहरु जयराम खत्री, गीता कार्की, लियो क्लब पिस थाहानगरका पूर्व अध्यक्ष कमल बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts