भोजपुर । भोजपुरमा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
भोजपुरको पूर्वी अरुण गाउँपालिकामा रहेको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका वडा नम्वर नौ घर भएका ३० बर्षीय जसिन राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लेगुवा भोजपुर सडक खण्ड अन्तर्गत प्याउली बजारमा बिहिवार प्रहरी चौकी र अस्थायी ट्राफिक पोष्टमा कार्यरत प्रहरी टोलीले बा ३ ख २५४९ नम्वरको यात्रु बाहक बसलाई चेक जाँच गर्नेक्रममा शंखास्पद अवस्थामा फेला पारी तलासी लिनेक्रममा राईको साथबाट ३ ग्राम दुई सय ४० मिलि ग्राम लागु औषत खैरो हिरोइन फेला परेकोले उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेका राईको साथबाट दुई थान सादा मोवाइल, सिमकार्ड, स्क्रिन टस मोवाइल एक थान, मेमोरो लगायत पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पश्चात राईलाई भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले शुक्रवार प्रेश बिज्ञप्ती सहित घटना बिवरण सार्वजनिक गर्दे जनाएको छ ।






