अनेरास्ववियू (क्रान्तिकारी) भोजपुर अध्यक्षमा सन्तोष
Read Time = 2 mins
भोजपुर । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भोजपुरको १४ औँ जिल्ला सम्मेलबाट सन्तोष राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
जिल्ला सदरमुकाममा सम्पन्न जिल्ला सम्मेलनले राईको अध्यक्षतामा ३७ सदस्यीय नयाँ नेतृत्व चुनेको हो ।
सम्मेलनले जिल्ला समितिको उपाध्यक्षमा अनिता राई र कन्चन राई, सचिव सोविन तामाङ सहसचिव प्रितम राई र अनिल खत्री र कोषाध्यक्षमा अनिशा पाँचकोटीलाई चयन गरेको छ । होटल भिन्तुनामा भएको सम्मेलनको बन्द सत्रले सर्वसम्मत आगामी कार्यकालका लागि नयाँ नेतृत्व छानेको हो ।
अधिवेशन उद्धघाटन सत्रमा पूर्वमन्त्री तथा संघीय सांसद सुदन किराती, केन्द्रिय सदस्य कृष्ण कुमार राई, सह इन्चार्ज विमल खड्का लगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो । सम्मेलनमा नौ वटा स्थानीय तह, क्याम्पस र प्राविधिक शिक्षालयबाट गरी १२ वटा कमिटिका गरी एक सय ५० प्रतिनिधिको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts