काठमाडौं । इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिसिएटिभ घोषणा गरेको छ । इनिसिएटिभ इन्ड्राइभका ड्राइभर पार्टनर्सका बालबालिकालाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदानमा केन्द्रित थियो ।
इन्ड्राइभले आफ्ना ड्राइभर पार्टनर्स र उनीहरूका सन्तानलाई जुत्ता र टी-सर्टलगायत वितरण गरेको हो । साथै बालबालिकाका लागि एक ट्रेनिङ सेसनसमेत आयोजना गरेको छ । सेसन युवा मस्तिष्कलाई इन्साइट र दक्षता प्रदान गरेर सशक्तीकरण र प्रेरित गर्न डिजाइन गरिएको हो । जुन ट्रेनिङले उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा फाइदा पुर्याउने बताइएको छ ।
कम्पनीले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सका लागि उपहारको पनि आयोजना गरिरहेको छ । जसअन्तर्गत योरपेस तालिममा भाग लिइरहेका ड्राइभर पार्टनर्सका बालबालिकाले ट्याब्लेट जित्ने मौका पाउनेछन् । साथै ड्राइभर पार्टनर्सलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुईवटा विद्युतीय सवारी उपहार दिइने कम्पनीले जनाएको छ ।
इन्ड्राइभको हेड अफ स्पोटर््स अन्ना फेडोरचुकले भन्नुभयो, ‘इन्ड्राइभको सफलता हाम्रो चालक समुदायको शक्ति र प्रतिबद्धतामा आधारित रहेको छ । यो इनिसिएटिभ ड्राइभर पार्टनर्सलाई मात्र नभई उनीहरूका परिवारको संलग्नताका लागि पनि केन्द्रित रहेको छ । यसले हाम्रो इन्ड्राइभ परिवारमा खुसी र सकारात्मक प्रभाव ल्याउने अपेक्षा गरेकी छु ।’






