काठमाडौं । फ्रन्टलाइन अस्पताल र केन्द्रीय जेल अस्पतालबीच सम्झौता भएको छ । दुवै अस्पतालले सहकार्य गर्दै जेलभित्र रहेका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने भएका छन् । केन्द्रीय जेल अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट/निर्देशक डा. प्रकाश बुढाथोकी हुनुहुन्छ ।
फ्रन्टलाइन अस्पतालका अध्यक्ष नवराज पाण्डे, क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपाने, प्रशासनिक निर्देशक डा. विक्रान्त ढकाल, मेडिकल प्रशासक डा. रोहन झा र डिसिओओ श्रीकृष्ण नेपालीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको फ्रन्टलाइनका पब्लिक रिलेसन डिपार्टमेन्टका प्रमुख रवि खड्काले जानकारी दिनुभएको छ । उक्त साझेदारीले नेपाली जनतालाई सेवा गर्ने फ्रन्टलाइनको दृढ प्रतिबद्धता अझ बलियो बनाउने बताइएको छ ।






