काठमाडौं । निओ मनि ट्रान्सफर र कुवेतको अल जमिल एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूले सुरक्षित र सहज रूपमा नेपालमा रहेका आफ्नो परिवारलाई पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । कुवेतमा रहेका नेपालीहरूले अब अल जमिल एक्सचेन्जका शाखाबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्ने बताइएको छ ।
बैंक तथा वालेट भुक्तानी कारोबार निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुने कम्पनीले जनाएको छ । उक्त सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो, ‘हामी अल जमिल एक्सचेन्जसँग नयाँ साझेदारी घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ, सबैभन्दा कम शुःल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’






