कैलाली । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव आफ्नो एक सय दिने अवधिभित्र संसदमा पु¥याउने बताउनु भएको छ ।
बिहिबार धनगढी स्थित प्रदेश प्रहरी कार्यालयमा निर्मित पेट्रोल पम्प र सुदूरपश्च्मि प्रदेश प्रहरी गणको भवन उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले प्रहरी सम्बन्धी कानूनको संशोधन अहिलेको प्राथमिकता रहेको बताउनु भयो । ‘केही कानून नयाँ बनाउनुपर्ने छ । केही कानूनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौं । बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन् । अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्ने छ,’ उहाँले भन्नुभयो ।
प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशिल बनाउनका लागि प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ छ । सबै कानूनहरु समसामयीक रुपमा परिमार्जन, संशोधन र पुनरालोकन गर्न आवश्यक भन्दै विधिको शासनका लागि कानूनमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
‘कानून व्यवहारिक छैन भने व्यवहारिक बनाउनुप¥यो । कानूनको एउटै सिद्धान्त हुन्छ । भएको कानूनलाई मान्नुप¥यो । अव्यवहारिक छ भने संशोधन गर्नुप¥यो । कानूनको संशोधन अहिलेको प्राथमिक विषय हो भन्ने मलाई लागेको छ,’ उहाँले भन्नुभयो । लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धित कानुन निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिनु भयो । नयाँ कानुनमा नेपाल प्रहरीका जवान र हवाल्दार सम्मलाई १६÷१८ वर्षमा स्वेच्छिक अवकासको व्यवस्था गर्न लागिएको उहाँले बताउनु भयो ।
गृहमन्त्री लेखकले प्रहरी कल्याण कोषद्धारा निर्माण गरिएको पेट्रोल पम्प निर्माण कार्यले आम उपभोक्तहरुलाई सहज रुपमा गुणस्तरिय सेवा प्रदान गर्न सकिने बताउनु भयो । मन्त्री लेखकले प्रहरीले निर्माण गरेको पेट्रोल पम्प आधुनिक तथा सवै किसिमका सेवा सुविधा सहित निर्माण गरिएकाले निजी क्षेत्रले पनि यसको सिको गर्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सुदूरपश्चिम प्रहरी गण कार्यालयको नवनिर्मित भवन उद्घाटन संगै सेवा प्रवाहले नेपाल प्रहरीको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो । कुँवरले गुणस्तरीय सेवा प्रदानका लागि सबै दर्जाका प्रहरीलाई निर्देशन समेत दिनुभयो ।
धनगढी स्थित प्रदेश प्रहरी कार्यालयमा निर्मित पेट्रोल पम्प निर्माणमा ५ करोड ८७ लाख ७८ हजार ४ सय ४५ र सुदूरपश्चिम प्रहरी गण कार्यालयको नवनिर्मित भवनका लागी १३ करोड ४० लाख ८९ हजार ३ सय ३ रुपैया खर्च भएको छ ।






