बागलुङको अकबरे खुर्सानी विदेशमा निर्यात

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । अकबरे खुर्सानी विश्वमा नेपालको भान्छालाई चिनाउँने मसला मध्ये एक हो । यहि खुर्सानीको कारण पछिल्लो केही बर्ष यता बागलुङको काठेखोला गाउँपालिका र पालिकाको लेखानीकी लालकुमारी पुनलाई समेत स्वदेश तथा विदेशमा परिचित बनाई सकेको छ ।

काठेखोला गाउँपालिका ८ लेखानी कादेशकी ४८ वर्षीया लालकुमारी पुन क्विन्टल/क्विन्टल अकबरे खुर्सानी विदेश निर्यात गर्ने कृषक हुन् । गाउँमा अकबरे खुर्सानी रोप्दा खुर्सानीले पेट भरिन्न भन्नेहरु अहिले रालमतीकै सिको गर्दै छन् । वैशाख यतामात्र लालकुमारीले एक क्विनटल भन्दा बढी अकबरे खुर्सानी दुवइ निर्यात गरि सक्नु भएको छ ।

२०७० सालमा तत्कालिन कृषि कार्यालय बागलुङले लालकुमारीको गाउँमै पुगेर कृषि व्यवसाय प्रवद्र्धन तालिमको आयोजना गरेको थियो । त्यही तालिम नै लालकुमारीको जीवनमा कोशेढुङ्गा सावित भयो । गाउँ/गाउँमा महिलाले उत्पादन गरेको तरकारीले सहजै बजार नपाएको तालिममा सहभागी भएकाहरुको गुनासो गरेका थिए ।

तालिममा सहभागी भएका ६९ जनालाई कृषि कार्यालय बागलुङका तत्कालिन प्रमुख विनोद हमालले एक÷एक प्याकेट अकबरे खुर्सानीको बिउ दिनुभयो । कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहयोग गरिदिने प्रतिवद्धता सहित कृषिले खुर्सानीको बिउ बाँडेर फर्किएपछि लालकुमारीको दैनिकी फेरिएको छ ।

“गाउँकाले खुर्सानीको बिरुवाले पेट भरिदैन, करेलो र घिरिम्लो लगाउ भने, मैले मानिन, अकबरे खुर्सानीको भविश्य देखेको थिए, पछिल्लो समय अकबरे खुर्सानीको फाइदा देखियो” पुनले भन्नुभयो “अहिले अकबरे खुर्सानीको माग उच्च देखेर पाँच रोपनी जग्गामा खुर्सानीखेती गरेको छु ।”

त्यही १ प्याकेट खुर्सानीको बिउबाट लालकुमारीले यतिबेला फैलाउँदै र बढाउँदै ५ रोपनी जग्गामा व्यवसायीक खुर्सानी खेती गर्नु भएको छ । अन्य ५ रोपनीमा झिलिङ्गो(सिल्टुङ्ग), सिमी, काँक्रो, करेला, भेण्टा र सागसँगै तरकारी खेती पनि गर्नु भएको छ ।

ADVERTISEMENT

२०७२ सालबाट व्यवसयीक खेती सुरु गरेकी लालकुमारी अहिले वर्षनी २० क्विनटलभन्दा बढी खुर्सानी उत्पादन हुन थालेको बताउनु भयो । २०७५ सालमा रोपेका खुर्सानीका बोटले अहिले पनि उत्पादन दिने गरेको उहाँले बताउनु भयो । पहिले पहिले लालकुमारीको खुर्सानी बागलुङ बजारमा विक्रि हुन्थ्यो, विस्तारै जिल्ला बाहिर पनि जान थाल्यो ।

केही वर्षयता कोशेलीको रुपमा आफ्न्त, ईष्टमित्रलाई जापान, कोरीया, पोर्चुगल, अमेरीका पठाउनेहरु बढ्न थाले । तर, २०७९ सालदेखि भने लालकुमारीले व्यवसायीक रुपमै आफुले उत्पादन गरेको खुर्सानी दुवई पठाउन थाल्नु भएको छ ।

पहिले पहिले खुर्सानी फलाएर पाकेर रातो भएपछि विक्रि गर्ने गरेको भएपनि आजभोली हरियो हुँदै विक्रि हुने गरेको उहाँको भनाई छ । प्रतिकेजी ३ सय रुपैयाँ र प्रति माना १ सय रुपैयाँका दरले गाउँबाटै विक्रि हुने गरेको उहाँको भनाई छ । खुर्सानीमात्र बेचेर वार्षिक ३ लाख भन्दा बढी आम्दानी गर्ने गरेको लालकुमारीले बताउनु भयो ।

खुर्सानी बाहेक अन्य तरकारी विक्रि गरेको आम्दानी छुट्टै छ । कादेश कृर्षी तथा पशुपालन सहकारी संस्थाको अध्यक्ष समेत रहेकी लालकुमारीले सहकारीमा आवद्ध भएकाहरुलाई समेत खुर्सानी उत्पादनमा जोडेर विक्रि वितरणमा सहजिकरण गर्ने तयारी गरेको बताउनु भयो ।

स्थानीय, प्रदेश र केन्द्र सरकारका कृषि सम्बन्धी कार्यक्रम र कार्यालयहरुबाट आफुलाई धेरै सहयोग प्राप्त हुने गरेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?