काठमाडौं । भैरहवास्थित रेन्बो डिस्टिलरीले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत ‘रोड टु आइपिओ’ योजनासम्बन्धी सम्झौता गरेको छ । सोसम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिलरीका अध्यक्ष मिनराज भुषालले हस्ताक्षर गर्नुभएको हो ।
एलिट क्यापिटलले ‘रोड टु आइपिओ’ अन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीलाई समेत पब्लिक कम्पनीमा रूपान्तरण, पुँजी वृद्धि र व्यावसायिक प्रवद्र्धनमा परामर्श सेवा प्रदान गर्दै आएको छ । रेन्बो डिस्टिलरीले १० करोड चुक्ता पुँजीलाई शतप्रतिशत वृद्धि गरी पब्लिक कम्पनीमा रूपान्तरण हुने जनाएको छ ।
कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत् उत्पादन सुरू गर्ने भएको छ । जसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्टसमेत जडान गरिरहेको कम्पनीका अध्यक्ष डा. ध्रुव भट्टराईले जानकारी दिनुभएको छ । रूपन्देहीको तिलोत्तमामा आफ्नै भवनमा रहेको कारखानामा कम्पनीले ५० युपी र ७० युपीका सोफी, स्मुच, इडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाइस, टकिलालगायत दुई दर्जन आधुनिक मदिरा उत्पादन गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता