उदयपुरमा आमा छोराको हत्या

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

उदयपुर । यहाँको कटारी नगरपालिका-१० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आउनुभएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उहाँका छोरा अन्दाजी छ वर्षिय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । “आमाको शव भुईंमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको  हो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।”

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्पm पठाइसकेको बताउनुभयो । प्रहरी निरिक्षक महतोले भन्नुभयो, “प्रहरी घटनास्थल पुग्नै लागेको छ । पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छाैं ।”

ADVERTISEMENT

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए । उहाँले भन्नुभयो, “तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।”

घटनास्थल पुग्नुभएका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिनुभयो । स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताउनुभयो ।

“साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौ भनेका थिए रे”, राउतले भन्नुभयो, “बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।”बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *