दाङ । बबई गाउँपालिका वडा नं ७ निवासी ३५ बर्षीय रेशम बाँठा मगरलाई बँदेलले बुधबार विहान आक्रमण गरेर घाइते बनाएको प्रहरीले जनाएकाे छ ।
बारीमा मकै खान आएका बँदेल धपाउने क्रममा बँडेलले आक्रमण उहाँलाइ आक्रमण गरेको थियो । उहाँको खुट्टा, हात, मुखमा चोट लागेको छ । घाइते मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्जका बँदेल बबई गाउँपालिकाका विविन्न वडाहरुमा आउने गर्छन ।
बँदेलले बारीमा उत्पादन गरेका मकै नष्ट गर्ने गरेको बँदेल धपाउन खोज्दा हरेक बर्ष मानिसलाई आक्रमण गरेर घाइते पार्ने गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता