दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गर्नु भएको छ ।
पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निजासी डा. रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नु भएको हो । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धि ऐन, २०७५ को दफा १० को उपदफा (१) अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ । सकारात्मक सोच विस्तार अभियानका अभियन्ताको रुपमा स्थापित राउतले समाजशास्त्रबाट योजना तर्जुमामा पिएचडी गर्नु भएको छ ।
साथै उहाँले ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ । अधिवक्तासमेत रहनु भएका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागु हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नु भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता