काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको बैठक आज पनि जारी छ ।
बैठकमा बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढाइएको छ । मंगलवारको बैठकमा महासचिव शंकर पोखरेलले प्रश्ताव गर्नुभएको कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्नेछन् ।
कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ ।







