काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको रूपन्देही जिल्ला कञ्चन गाउँपालिका ४, थकालिचोकस्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बिमा रकम हस्तान्तरण गरेको छ ।
संस्थाले मंगलबार मृतककै घरमा एक कार्यक्रम आयोजना गरी एकजना सदस्य केन्द्र नम्बर ६७ समूह नम्बर २ मा आबद्ध ज्ञानमति थारुको चट्याङबाट मृत्युपछि पाउनुपर्ने १० लाख २५ हजार रुपैयाँ बराबरको बिमा रकम उहाँका श्रीमान् अमिरिका थारुलाई एक लाख ७१ हजार सात सय ८८ कट्टा गरी आठ लाख ५३ हजार दुई सय १२ रुपैयाँको चेक हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । उक्त बिमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउँपालिका-१ का वडाध्यक्ष प्रदिपकुमार चौधरीले हस्तान्तरण गर्नुभएको हो ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा उक्त गाउँका करिब २० जना सदस्य, वडाध्यक्ष साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी, विजय चौधरी थारु र वीरेन्द्र यादवको उपस्थिति रहेको थियोे ।







Breaking news with related posts