बागमती– हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हत्या आराेपित भई फरार रहेका समिरलाई सोमबार हेटौंडा–५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले समिरका ५५ वर्षीय आमा सैरुन खान, २६ वर्षीय श्रीमति रविना खातुन, ५६ वर्षीय ससुरा लालबाबु खाँ पैठान र ३० वर्षीय जेठान फैयाज अहमदलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts