जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकास्थित पयर्यटकीय स्थल गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सवको आयोजना हुने भएको छ ।
गुठिचौरलाई पर्यटन प्रवर्द्धन गर्नका लागि यहीँ भदौ २५ गतेदेखि ३० सम्म प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले जानकारी दिनुभयो ।
यसअघि उक्त ठाँउमा प्याराग्लाइडिङको सफल परिक्षण भइसकेको छ । यसपटक पनि प्याराग्लाइडिङ उडान गरिने छ । गुठीचौरको प्रचारप्रसार र पर्यटनको मुख्य आकर्षण केन्द्र बनाउनका लागि पालिकाले महोत्सव गर्ने लागि परेको गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढाको भनाइ छ ।
महोत्सवसँगै खुल्ला पुरुष भलिबल प्रतियोगिता र खुल्ला महिला देउडा प्रतियोगिताको आयोजना समेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता