काठमाडौं । पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवं कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको स्मृतिमा हालै स्थापना भएको ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ को प्रथम वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई जन्म-शताब्दी वर्षको अवसरका स्थापित केन्द्रको प्रथम साधारणसभाको समुद्घाटन नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले पानसमा दीप प्रज्वलन गर्दै गर्नु भएको थियो ।
पूर्वगृहराज्य मन्त्री एवं राष्ट्रिय सहकारी विकास बोर्डको अध्यक्ष रहिसक्नु भएका प्रमुख अतिथि बाँस्कोटाले सन्तनेता कृष्णप्रसाद भट्टराईसँगका आफ्ना रोचक प्रसंगहरू उल्लेख गर्दै किसुनजीले आफ्नो राजनीतिक जीवनमा अध्यात्मलाई पनि सँगसँगै लिएर जानुभएकाले नै उहाँको सदाचार जीवन थियो भन्नु हुँदै किसुनजी जस्तो महान् नेताको नाममा स्थापित संस्थाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै महर्षी वैदिक फाउण्डेशनले ‘वसुधैव कुटुम्वकम’ आधारमा वैदिक पद्धतिलाई सिकेर अगाडि बढ्ने खाँचो औंल्याउनुभयो । उहाँले आफू पनि सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको आजीवन सदस्य बनेर यो संस्थासँग जोडिने र केन्द्रका साथीहरूलाई महर्षी वैदिक फाउण्डेशनका गतिविधिमा हिस्सा लिन आहृवान गर्नुभयो ।
अधिवेशनमा राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा, संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई, त्रिविका पूर्वउपकुलपति एवं शिक्षाविद् डा.तीर्थराज खनिया, इतिहास एवं संस्कृतिविद् डा.रमेशकुमार ढुंगेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द्रराज पोखरेल, राजनीतिज्ञ खेमराज सेढाईं, पत्रकार एवं मानव अधिकारकर्मी कृष्ण कँडेललगायतले किसुनजीको जीवन र व्यक्तित्वका विविध पाटोमाथि प्रकाश पार्दै आज किसुनजीले बनाएको संविधानलाई भाँचेर किसुनजीको ढाड भाँच्ने काम भएको जिकिर गर्नुभएको थियो । किसुनजीको जीवन र विचारबाट समाज र राष्ट्रले सिक्नुपर्ने थियो तर दुर्भाग्य त्यसो हुन नसकेको उहाँहरूको गुनासो थियो ।
‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’का अध्यक्ष लोकेश ढकालको अध्यक्षतामा बसेको साधारणसभामा केन्द्रका महासचिव उद्धवराज पौड्यालले वार्षिक कार्यक्रम सहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष शम्भु ठाकुरले तयार पारेको आय व्यय प्रतिवेदन सहितको लेखापरिक्षक प्रतिवेदन, वरिष्ठ अधिवक्ता बालचन्द्र आचार्यद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई साधारणसभाले सर्वसम्मतिले पारित गरेको थियो । साधारण सभाले मौजुदा कार्यसमितिलाई आगामी कार्यकालका लागिसमेत काम गर्न सर्वसम्मतिले अनुमोदन गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts