रामनगर । भारतको विहार रामनगर पञ्चायतका समाजसेवी, पूर्वमुखिया एवं भाजपाका संस्थापक सदस्य राजनप्रसाद उपाध्यायको निधन भएको छ । उहाँ पछिल्लो १५ दिनयता बिरामी हुनुहुन्थ्यो ।
सामाजिक काममा गहिरो अभिरुचि राख्ने उपाध्याय रामनगर पञ्चायतमा तीनपटकसम्म अध्यक्ष हुनुभएको थियो । उहाँको निधनले रामनगर क्षेत्र नै शोकमग्न भएको छ । भाजपाको क्षेत्रीय अध्यक्षसमेत रहिसक्नुभएका उहाँले रामनगरको विकासका लागि अहम् भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका चार छोरा र एक छोरी हुनुहुन्छ ।
राजनप्रसादको निधनमा पूर्वमन्त्री चन्द्रमोहन राय, विधायक राम सिंह, गौरीशंकर छापोलिया, समाजसेवी अजय उपाध्याय, भाजपा नेता सुरज सिंह, समाजसेवी रञ्जन उपाध्याय, सिद्धार्थ राय, आशु राय, मुनिन्द्र चौबे, पिंटु सिंह, राकेश सिंह, सन्दीप उपाध्याय, बिन्नु उपाध्याय, मुन्ना गोड, राजेश तुलस्यानसमेत राजनीतिक नेताहरू र स्थानीय सामाजिक बुद्धिजीवीले शोक व्यक्त गरेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements