
काठमाडौं । एचएचसिए, भ्याली पब्लिक, पिपल्स एकेडेमी र गोल्डेनपिकले आठौँ स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एचएचसिए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स, पिपल्स जुनियर ब्वाइज र गोल्डेनपिक स्टाफतर्फ च्याम्पियन बने ।
सिनियर ब्वाइजको फाइनलमा एचएचसिएले ज्ञान निकेतनलाई २१-९ ले पराजित गर्यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले निस्टलाई ११-७ ले हरायो ।
वसुन्धरास्थित श्री चन्द्रबिन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा पिपल्सले लालीगुराँस नेसनल एकेडेमीलाई ८-९ ले पाखा लगायो । स्टाफको फाइनलमा गोल्डेनपिकले महामञ्जुश्रीलाई २०-१८ ले पन्छायो ।
सिनियर ब्वाइजमा एचएचसिएका डेविड राई, सिनियर गल्र्समा भ्याली पब्लिककी प्रकृति खड्का, जुनियर ब्वाइजमा पिपल्सका बचन राई र स्टाफमा गोल्डेनपिकका अमृत चित्रकार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।
विजेतालाई बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री श्यामबहादुर खड्का, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ तथा स्टाफमा ६ टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच