भोजपुर । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’का पात्र प्रकाश तामाङलाई उनकै घरमा पुगेर सरकारी टोलीले आइतवार नागरिकता प्रदान गरेको छ ।
लगभग ३३ वर्ष हराएका ४३ वर्षिय प्रकाश तामाङ (काले तामाङ) को भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर १० साङपाङको छाप्लेगाउँ स्थित घरमै पुगेर टोलीले आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो ।
षडानन्द नगरपालिका मेयर सुरेन्द्र कुमार उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुख बिनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईं सहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको थियो ।
परिवारसँग लामो समय छुट्टिएका प्रकाश शनिवार काठमाण्डौबाट हवाई उडानमा संखुवासभाको तुम्लिङटार बिमानस्थल हुँदै भोजपुरमा रहेको आफनो घरमा आएका थिए । नागरिकता प्रदान गर्दे मेयर उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि प्रकाश र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सोक्रममा प्रकाशले अवका दिनमा गाउँमै रहेर खेती किसानी गर्ने मनसाय राख्नु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts