रुपन्देही । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा बन्नलागेको १२ सय शैय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास गर्नुभएको छ ।
छ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको छ । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीका स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थमन्त्री पौडेलले आफू राजनीति भन्दा माथि उठेर सत्तापक्ष र प्रतिपक्ष नभनी सबैसँग हातेमालो गरेर रुपन्देहीलाई विकासमा नमूना बनाउन चाहेको बताउनु भयो । उहाँले रुपन्देहीलाई विकास चाहिएको र त्यो पुराहुने भन्दै चारवटा अक्षरको राजधानीतर्फ धेरै चासो नराख्न आग्रह गर्नुभयाे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिंगो प्रदेशको मात्रनभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताउनु भयो । आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कमी हुन नदिने बताउनु भयो ।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नयाँ बन्ने अस्पतालको भवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताउनु भयो । यो प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्ने सभामुख घर्तीको भनाइ छ ।
लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतिपछि यो नमूना अस्पताल बन्ने बताउनु भयो । बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा रहेका प्रदेश सरकार अन्तर्गतका निर्देशनालय र अन्य कार्यालयहरु प्रदेश सरकारले जबरजस्ती दाङ सार्न खोजेको भन्दै यसलाई रोक्न माग गर्नुभयो।
उहाँले कम्तीमा ३० प्रतिशत निर्देशनालयहरु बुटवलमै राखिनुपर्ने रुपन्देहीवासीको माग रहेको बताउनु भयो । ज्योतिनगर र लक्ष्मीनगर पहिरो रोकथामकालागि प्रदेश सरकारले एक रुपैयाँ बजेट नदिएको पनि मेयरको गुनासो छ ।
यो लुम्बिनीप्रादेशिक अस्पताल २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो ।
लुम्बिनी प्रदेशका विरामी विशेषज्ञ उपचार सेवालिन काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय श्ययाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक बर्षमा एक अर्ब ८० करोड बजेट समेत बिनियोजन गरेको छ ।लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ ।
अस्पताल भवननिर्माणको लागिप्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलि ग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा कामगर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिनुभयो। भवन निर्माणका लागि जगखन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेसिनले प्वालपारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । कूल७८५ वटा पाइलिङ गर्नु पर्नेमा ४९० पाइलिङ सम्पन्न भएको छ ।
वरिपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जगखन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको हो । अस्पतालको नयाँबन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष रहनेछन् ।
ग्यास्ट्रिक, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलीप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सरउपचारका लागि भने अन्डरग्राउन्ड सहित पाँचतलाको अलग्गै भवन बन्नेछ । नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ ।
हालको संरचना बाट विस्तार गरि एक हजार दुई सय शैय्यामा बहु–अनुसन्धानात्मक अस्पतालको रुपमा स्तर उन्नतिगर्न लागिएको छ । यसै क्रममापहिलो चरणमा दुई नयाँभावनाहरु निर्माण गर्न थालिएको छ । जसअन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको सात सय क्षमताको १०तले मुख्यभवन, दोश्रो १तहको बेसमेन्ट र ४ तले १०० शैय्या क्षमताको क्यान्सर (अंकोलोजी) भवननिर्माण हुनेछ ।
वि.सं. १९६७ फागुन १५ गते ६ शय्याबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो । सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुई जना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो । ३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालनभएको अस्पताललाई १९९८ सालमाहाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो ।
हाल अस्पतालमा ५ सय २० शैय्या पुगेका छन् । दैनिकदुई हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गरेका छन । सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवाप्रदान भइरहेको छ । अस्पतालको नयाँभवन निर्माण सम्पन्न भई सेवाप्रारम्भ गरेमा बुटवल स्वास्थ्यको हबको रुपमा स्थापितहुन सक्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच