ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रतिकात्मक तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई प्रहरीले मंगलबार पक्राउ गरेको हाे ।

सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।

ADVERTISEMENT

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको प्रहरीले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *