काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आव २०७९/०८० पेश गर्नुहुने, प्रतिनिधि सभा सदस्य सोविता गौतमले “हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरुले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव प्रश्तुत गर्नुहुने, उक्त प्रश्तावका समर्थक डोलप्रसाद अर्याल, सन्तोष परियार, डा।तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोककुमार चौधरी, सुमना श्रेष्ठ, डा चन्दा कार्की, गणेश पराजुली र विन्द्यवासिनी कांसकारले समर्थन गर्नुहुने कार्यसूचि रहेको छ ।
त्यस्तै सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी, नेपालबाट विसं २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी रहनुभएका श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा मिति २०८१ साल साउन २१ गते सोमवार भएको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक– सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुहुने कार्यसूचि रहेको छ ।
त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष पेस गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने । कार्यसूचि रहेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts