काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ ।
गृह मन्त्रालयले चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो । मन्त्री स्तरको निर्णयअनुसार बुधबार डिआइजीको काज सरुवा गरेको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।
डिआइजी अभिकुमार खत्री ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देहीबाट मानव स्रोत विभागमा तानिनुभएको छ । दुर्गा प्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा हुनुभएको छ। उहाँ यसअघि ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत हुनुहुन्थ्यो ।
त्यस्तै राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत प्रदिप कुमार पाललाई ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देही पठाइएको छ । मानव स्रोत विभागमा कार्यरत सुरेश कुमार श्रेष्ठको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा