
काठमाडौं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जिएम सञ्जय कुमार र अटो वर्कसप व्यवसायी संघका अध्यक्ष शरणकुमार गुरुङले उक्त सिस्टमका टुल्स र इक्विपमेन्टको बिक्री शुभारम्भ गर्नुभएको हो । बिजनेस डेभलपमेन्ट जिएम सञ्जय कुमारले ४१ वर्ष पुरानो प्रतिष्ठित विश्वस्तरीय कम्पनीका उत्पादन नेपालमा उपलब्ध गराएको जानकारी गराउँदै पञ्चकन्या मार्केटिङमार्फत् प्रयोग गर्नका लागि सबैलाई आग्रह गर्नुभयो ।
अटो वर्कसप व्यवसायी संघका अध्यक्ष गुरुङले वर्कसपका लागि विभिन्न टुल्स र इक्विपमेन्टको आवश्यकता हुने तथा त्यस्ता टुल्स र इक्विपमेन्ट गुणस्तरीय भएमात्रै सवारी साधन राम्रो कन्डिसनमा हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले अटोमोबाइल क्षेत्रमा लामो समयदेखि लागेको र नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताका रूपमा ओएलएसका टुल्स र इक्विपमेन्ट भित्र्याएको बताउनुभयो ।
ओएलएसले फोर हिृवलर र कमर्सियल भेइकल तथा टु हिृवलरको वर्कसपका लागि आवश्यक टु पोस्ट, फोर पोस्ट, ट्रली, वर्क स्टेसन, पेन्ट बुथलगायत यससँग सम्बन्धित सबै स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ ।
आइएसओ ९००१ः२०१५ र सिई सर्टिफाइड उक्त कम्पनीका भारतको फरिदावाद, पुणे र बैंगलोरमा यसको कारखाना रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच