काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख बराबरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरू प्रतिसेयर मूल्य सय रुपैयाँ दरमा सर्वसाधारणहरूमा निष्कासन गर्न एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकतर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बिमा सेवा पुर्याउने लक्ष्य लिई स्टार माइक्रो इन्स्योरेन्सले २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बिमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत् लघुु निर्जीवन बिमा सेवा प्रदान गर्दै आएको छ ।






