
काठमाडौं । पेरिस पारालिम्पिक्समा छनौट हुनुभएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग अगस्ट ३० मा प्रतिष्पर्धा गर्ने हुनुभएको छ । बुधबार सम्पन्न ड्रअनुसार पलेसाले भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टउनुभएको हो । उहाँले के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नुहुनेछ ।
दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहनुभएकी ब्राजिलकी फरनान कार्डोसोको सामना पलेसाले गर्नुपर्नेछ । यो स्पर्धामा कुल ११ खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । पलेसाको यो दोस्रो पारालिम्पिक्स हो । यसअघि टोकियो पारालिम्पिक्समा वाइल्ड कार्डमार्फत छनोट हुँदा उहाँले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गर्नुभएको थियो ।
काँस्य भिडन्तमा भने उहाँ चीनकी खेलाडीसँग पराजित हुनुभएको थियो । उहाँ ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी बन्नुभएको थियो । यसको चार वर्षपछि पलेसा छनौट हुँदै पेरिस पारालिम्पिक्सको यात्रा तय गर्न सफल रहनुभयो । गत चैतमा पारालिम्पिक्सको एशियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा उहाँ छनौट हुनुभएको हो । उनी पारालिम्पिक्समा छनौट हुने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ ।
उहाँ एक महिनाको विशेष प्रशिक्षणपछि पेरिस पुग्नुभएको छ । पलेसा र भरतसिंह महताले बेलायतको राष्ट्रिय टिमसँग एक महिना लामो प्रशिक्षण लिनुभएको थियो । वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक्समा छनौट हुनुभएका भरतसिंह महताले के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नुहुनेछ । ड्रअनुसार उहाँले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नुहुनेछ । यो स्पर्धाम १२ खेलाडी रहेका छन् । यस्तै पौडीका भीमबहादुर कुमालले एस-९ क्याटगरीको पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिष्पर्धा गर्नुहुनेछ । नेपालले सन् २००४ को ग्रिस पारा ओलम्पिकदेखि सहभागिता जनाउँदै आएको छ ।
भव्य उद्घाटनसँगै पारा ओलम्पिक आरम्भ
भव्य उद्घाटन समारोहसँगै पारा ओलम्पिक बुधबारदेखि आरम्भ भएको छ । पेरिस ओलम्पिक २०२४ को सफल आयोजनापछि पारा ओलम्पिकको आरम्भ भएको हो । उद्घाटन समारोह प्यालेस डे ला कोनकोर्ड स्क्वायरमा भएको छ । पेरिस ओलम्पिकको उद्घाटन समारोह सेन नदीमा भएको थियो । त्यसैलाई पछ्याउँदै पारा ओलम्पिक पनि पहिलोपटक मुख्य रंगशालाबाहिर गरिएको छ । पारा ओलम्पिकको अधिकांश खेल त्यही स्थानमा आयोजना हुनेछ, जहाँ पेरिस ओलम्पिकका प्रतिस्पर्धाहरू भएका थिए । पेरिस ओलम्पिकका ३५ आयोजनास्थलमध्ये १८ मा यसपल्टको पारा ओलम्पिकमा प्रयोग हुनेछ । प्रतियोगिता सेप्टेम्बर ८ सम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच