मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाउनुपर्ने बताउनु भएको छ।
बुधबार कांग्रेस मकवानपुर जिल्ला समितिद्वारा आयोजित तीज विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बाधेन गर्दै सभापति बानियाँले भड्किलो तरिकाले चाडपर्व नमनाउन आग्रह गर्नुभयो । उहाँले मौलिक संस्कृति र परम्परा झल्किने गरी तीज पर्व मनाउन सबैलाई आग्रह गर्नुभयो ।
बागमती प्रदेश सभा सदस्य समेत रहेका उनले यस्तो खाले चाडपर्वहरुले महिला हिंसालगायतका हिंसाजन्य घटनाहरुको अन्त्य गर्न सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना दिनुभयो ।
उनले अबको संविधान संशोधन हुँदै गर्दा महिलालाई अन्याय नहुने गरी व्यवस्था गर्न आफुले भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले ले महिलाहरुको अधिकारमाथि गठबन्धनको संस्कारले गडबड भएको भन्दै अब त्यस्तो हुन नदिने बताउनुभयो ।
उनले मुलुकलाई शान्ति र समृद्ध बनाइराख्न हरेक घर–घरमा शान्त्ति र समृद्धि आउनुपर्ने उल्लेख गर्दै नगरपालिका, गाउँपालिका, वडा सबैले आयआर्जनको काममा महिलालाई जोड्नुपर्ने बताउनुभयो।
जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा हेटौंडा–४, स्थित रोयल पार्टी प्यालेसमा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्लाको विभिन्न गाउँपालिकाका सभापति, उपसभापति, विभिन्न संघसंस्थाका प्रतिनिधि, कांग्रेस जिल्लाका क्रि याशील महिलाहरु, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा कांग्रेस महिला विभागकी इन्दिरा न्यौपानेले महिलाहरुले पनि अवसर पाए मुलुकको नेतृत्व गर्न सक्ने बताउनुभयो ।
उहाँले सम्पूर्ण महिलाहरुलाई तीज पर्वले खुसी, उत्साह, समृद्धि प्राप्त होस् भन्दै शुभकामना समेत दिनुभयो । कार्यक्रममा जिल्लाका हजारौँ महिलाहरुले दर खाँदै सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा