नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम ४ यातायात व्यवस्था कार्यलय नजिकबाट प्रहरीले प्रतिवन्धित लागु ओैषध सहित दुइ जना नियन्त्रणमा लिएकाे छ। दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु ४५ प ९०९८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनिबाट लागू ओैषध फेला परेकाे हाे ।
फेला परेकाे लागूऔषधमा नाईट्रोभेट ३० ट्याब्लेट, स्पास्मो १८० क्याप्सुल, ओनोरेक्स – १०० एम.एल को २ बोटल रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएकाे छ। लागूऔषध ओेसारपसारमा संलग्न सुनवल नगरपालिका ३ बस्ने बर्ष ३८ वर्षिय केशब श्रेष्ठ र साेहि ठाउँका ३८ वर्षिय प्रशान्त गुरुङ रहेका छन् ।
नियन्त्रणमा लिइएको श्रेष्ठ र गुरूङको साथबाट एक थान मोटरसाईकल बरामद गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts