गुल्मीमा ५५ वर्षीय पुरुष मृत फेला

रमेश विश्वकर्मा गुल्मी, संवाददाता

गुल्मी । गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका-५, डाँडापोखरीका अन्दाजी ५५ वर्षीय टोपबहादुर चुँदारा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार चुँदारा सोमबार साँझ इस्मा गाउँपालिका- २, झर्नास्थित तम्घास-सिमलटारी पक्की सडक खण्डदेखि अन्दाजी सात मिटर तल खेतबारीमा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयवासीले निजलाई मृत अवस्थामा देखे लगत्तै वडा अध्यक्ष शेरबहादुर कुँवरले प्रहरीलाई खबर गर्नुभएकाे थियाे ।

ADVERTISEMENT

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तवको कमाण्डमा गएको प्रहरी टोलीले घटनास्थल सुरक्षा गरी राखेको थियो । चुँदाराको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज