
रुपन्देही । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता मेला पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा शुरु गर्न लागेको हो ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको एक समारोहका बिच लुम्बिनी प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले आईतबार उद्घाटन गर्दै स्वदेशी उत्पादन भाषणमा नभई काम गरेर प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।
देशलाई आर्थिक रुपमा सबल बनाउने गरि युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने उहाँको तर्क छ । अब भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको पन्थीको भनाई छ।
कार्यक्रममा लुगाघरका संचालक प्रकाश भुसालले भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट लज्जास्पद हर्कत गरिएको दुखेसो गर्नुभयो । उपभोक्तामैत्री सेवा दिन लागेको बेला गलत आरोप लगाईएको भन्दै एमआरपि ट्याग मुल्यमा छुट दिईने गरी आफुहरु लागेको बताउनु भयो ।
बजारमा रहेका ब्यवसायीहरुले संस्थाको आडमा उपभोक्ता ठग्ने काम गरेको आरोप लगाउनु भयो । नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाईनका जुत्ता यहाँ उपलब्ध हुने उहाँले बताउनु भयो । मेलाको आकर्षणको रुपमा स्थानिय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयामा उपलब्ध गराईने उहाँले बताउनु भयो ।
तिज, दसैँ जस्ता महान चाडपर्व केन्द्रीत गरी मेला लगाईएको उहाँले बताउनु भयो । फ्याक्ट्रिदेखि उपभोक्तासम्मको यो अभियानलाई देशभर लग्ने उहाँले बताउनुभयो ।
उद्घाटनअघि भएको पत्रकार सम्मेलनमा जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले नेपालमा १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमताका पुर्वाधार भएको बताउनु भयो । नेपाली बजारको माग भने १० करोड जोर रहेको उहाँले बताउनु भयो ।
करीब ४ करोड जोडी जुत्ताचप्पल बाहिरबाट भित्रने र त्यसमा पनि ढाई करोड जोडी जति ग्रे मार्केटबाट भित्रने गरेको उहाँको भनाई छ । ‘यसले राजश्व छलिका साथै आम उपभोक्ता ठगिने काम भएको उहाँले भन्नुभयो । आफुहरु आन्तरिक प्रतिस्पर्धा गरेर उत्पादन गर्दा उत्कृष्ट उत्पादन उपभोक्तासमक्ष लग्ने समेत दाबी गर्नुभयोे ।
लामोसमयदेखि रोकिएको सेवालाई टेन्ट राखेर नै सेवा दिन लागेको बेला अवरोध आएको उहाँको भनाई छ । ब्यवस्थापन चेन्ज गरेर उपभोक्तालाई सहज सेवा दिने लक्ष्यसहित योजना बनाएको दाबी गर्नु भयोे । केही छातासंगठनका साथीहरु दिशाभ्रमित भएको न्यौपानेको भनाई छ ।
कार्यक्रममा फुटवेयर मेनुफेक्चर एशोसियसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष सुरज बन्जाडेले नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको दाबी गर्दै त्यसमा पनि नेपाली फुटवयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनवाट भइरहेको बताउनु भयो ।
बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शुज रन शु ईण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनिका ३० ब्रान्डका एउटै छानामुनी ३ हजार भन्दा धेरै भेराइटी सहित १५% देखि ५०% सम्म छुटमा कारखानाकै मुल्यमा उपभोक्ता सम्म पुर्याउने उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच