गाउँपालिका अध्यक्ष थामबहादुर राई भत्ता बोकेर आफैँ ज्येष्ठ नागरिकका घरघरमा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । जनप्रतिनिधीले नागरिकको अपेक्षा अनुसार काम गर्न सकेमा गाउँ मै सिंहदरवारको नाराले सार्थकता पाउनसक्छ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई अहिले ज्येष्ठ नागरिकको सेवामा आफैँ लागि परेका छन् ।

रामप्रसादराई गाउँपालिकाले अहिले आफना वडाहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ज्येष्ठ नागरिकलाई भत्ता उपलब्ध गराउन पालिका अध्यक्ष राई आफैँ सक्रिय देखिनु भएको छ । एनआइसी एसिया बैंक, बैकुण्ठेको सहयोगमा पालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरि रहेको छ ।

बिगतमा जस्तो लामो बाटो धाएर पालिकाको केन्द्रसम्म पुग्नु पर्ने बाध्यताको अन्त्य भए पछि पालिका भित्रका ज्येष्ठ नागरिकहरुले पनि गाउँ मै सिहदरवार आएको महशुस गरेका छन् । “ज्येष्ठ नागरिकहरुलाई स्थानीय स्तरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण कार्य भई रहेको छ, मैले यो कार्य गर्नका लागि अघिल्लो पटकको निर्वाचनमा पराजित हुदाँ पनि यो समस्या निहालेको थिए, अहिले आएर कार्यान्वयन गर्न पाए ।” पालिका अध्यक्ष राईले भन्नुभयो । अवका दिनमा यो कार्य निरन्तररुपमा हुने पालिका अध्यक्ष राईको भनाई रहेको छ ।

ADVERTISEMENT

भत्ता भुक्तानी शिविरमा अध्यक्ष राईले ज्येष्ठ नागरिकलाई माला तथा खादा लगाउँदै तीन महिनाको सामाजिक सुरक्षा भत्ता बितरण गर्नु भएको हो । पालिकाले गाउँ वडामै आएर भत्ता दिएकोमा बृद्धबृद्धाहरु समेत खुशी देखिनु भएको छ । लामो बाटो हिँडेर पालिकाको केन्द्र वैकुण्ठे पुगेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटाउँदै स्थानिय सरकारले वडामै सेवा दिँदा ज्येष्ठ तथा अपांग अशक्त नागरिकहरुमा पनि खुशी महशुस भएको वडा नम्वर ३ भुल्केका वडाध्यक्ष रामु थापा मगरले बताउनुभयो ।

भत्ता लिन आउने ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य शिविर समेत संचालन गरिएको छ । शिविरमा सुगर, प्रेसर, आँखा, दाँत, घाटी दुख्ने लगायतको सेवा प्रदान गरिएको थियो । शिविरमा पशु शिविर समेत संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज