हेटौंडा । हेटौंडा-१ स्थित पाथिभरा मन्दिर नजिकै बस्ने ७१ वर्षीया ठूलीमाया विश्वकर्मा मृत भेटिएकी छन् ।
आज बिहान ९:४० बजे ठूलीमायालाई आफ्नै घरमा मृत फेला पारिएको मकवानपुर प्रहरीले जनाएको छ।
उक्त घटनामा ठूलीमायाका नातिलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले ठूलीमायाको हत्या भएको आशंका नाति प्रविनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जानकारी दिइएको छ ।
घरमा हजुरआमा र नाति प्रविन विश्वकर्मा बस्दै आएका थिए ।






