स्याङ्जा । स्याङ्जामा कृषि सम्बन्धी तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र, स्याङ्जाको वार्षिक स्वीकृत कार्यक्रम कृषि सम्बन्धी दिवस तथा प्रतियोगिता अन्तर्गत कृषि तिज गित प्रतियोगिता भएको हो ।
कृषि सम्बन्धी विभिन्न गीत तथा झाँकी प्रदर्शनसहित स्याङ्जाका विभिन्न ठाउँका विभिन्न समूहहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए ।
उक्त प्रतियोगितामा १२ वटा समुहले आवेदन दिएकोमा १० वटा समूह सहभागी थिए । प्रतियोगितामा शिवमन्दिर आमा समूहले प्रथम स्थान हासिल गर्न सफल भयो भने द्वितीय देउराली आमा समूह र तृतीय स्थान उद्यमशील आमा समूहले हात पार्न सफल भए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल प्रतियोगी समूहलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रथम हुने शिवमन्दिर आमा समूहले नगद रू ८०००, द्वितीय हुने देउराली आमा समूहले ६००० र तृतीय हुने उद्यमशील आमा समूहले ४००० नगद र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको निर्णायकमा प्रधानमन्त्री कृषि परियोजना सुन्तला सुपरजोनका प्रमुख माधव लम्साल, जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत संयोग भट्टराई र गायिका तारा पौडेल रहनुभएको थियो ।
कृषि ज्ञान केन्द्रका निमित प्रमुख इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा ज्ञानकेन्द्रमा आयोजित उक्त प्रतियोगितामा कृषिसम्बन्धी रोचक गीतहरू प्रस्तुत भएका थिए । सफल हुने टिमले पोखरामा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने निमित्त प्रमुख ईश्वरीप्रसाद अर्यालले बताउनुभयो ।






