काठमाडौं । मर्जिङ एसिया बैंकिङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट साइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंकसहित तीन अवार्ड जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा साइन रेसुंगा नेपालबाट ‘बेस्ट बैंक’ सहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुंँदै तीन अवार्ड जित्न सफल भएको हो । अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायतका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा साइन रेसुंगा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गर्नुभएको थियो । नेपालबाटै एनआइसी एसिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट (सम्पत्ति व्यवस्थापन) क्याटोगोरीमा अवार्ड जितेका छन् । इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको अवार्डमा साइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो । अवार्डका लागि इण्डियन च्याम्बरको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ सूचक निर्धारण गरेको थियो । जसमध्ये साइन रेसुंगा कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, करपछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकमा उत्कृष्ट भएको होे ।
बैंकले यसअघि न्यू बिजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको थियो । स्थापनाकालदेखि नै इथिकल बैंकिङको मूल्य मान्यतामा आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले निरन्तर अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका अवार्ड जित्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक हो । आठ अर्ब अधिकृत पुँजी र चार अर्ब ७३ करोड चुक्ता पुँजी भएको बैंकका लुम्बिनीमा ७२ सहित देशभर ८८ शाखा, एक एक्सटेन्सन काउन्टर र १८ एटिएम सञ्चालनमा छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा