कैलाली । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
पूर्व प्रधानमन्त्री रहेका देउवाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घरको मुलगेट अगाडि कालो झोला शंकास्पद बस्तु राखिएको हो।
हाल सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेको देउवा निवास बाहिर शनिवार राति १ बजेको समयमा प्रहरीले शंकास्पद बस्तु राखेको देखेको हो।
गेटबाहिर कालो झोलाको मुख अलिकति खोलिएको अवस्थामा राखिएको छ। अहिले उक्त कालोझोला डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली देउवा निवासमा पुगेको छ।
देउवा निवासमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत बाक्लो उपस्थिति रहेको छ। झोला भित्र रहेको बस्तु डिस्पोजल गर्न सुरक्षा अधिकारीले अहिले काम गरिरहेका छन्।







Breaking news with related posts