स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा भोजपुरको रामप्रसाद राई गाउँपालिका उत्कृष्ट
Read Time = 4 mins
भोजपुर। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा भोजपुरको रामप्रसाद राई गाउँपालिका उत्कृष्ट भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सार्बजनिक गरेको आर्थिक बर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजामा जिल्लाका नौ वटा स्थानीय तहमध्ये रामप्रसाद राई गाउँपालिका स्थानीय सरकार मध्येको उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्बजनिक गरेको नतिजा अनुसार यो गाउँपालिकाले दश वटा सूचकमा औषत कुल ८०.२५ अंक प्राप्त गरेको छ भने जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिका ७९ अंक प्राप्त गरी दोस्रो बनेको छ । पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिकाले ७१.५० अंक ल्याउँदै तेस्रो बन्न सफल भयो ।
पालिका मध्ये ७०.५० अंक ल्याएर पूर्वी अरुण गाउँपालिका चौथो, ७०.२५ अंक सहित सुदुरउत्तरको साल्पासिलिछो गाउँपालिका पाचौ बन्यो । छैटौंमा आमचोक गाउँपालिकाले ६७.७५ अंक प्राप्त गर्दा सातौं हुने स्थानीय सरकारमा ६७.५० अंकका साथ हतुवागढी गाउँपालिका परेको छ । जिल्लाको दुई भोजपुर नगरपालिका र षडानन्द नगरपालिकालाई अंकका आधारमा पालिकाहरुले जित्न सफल भएका छन । षडानन्द नगरपालिकाको ६६.७५ अंक प्राप्त गर्दा सवै भन्दा कम सदरमुकाम रहेको भोजपुर नगरपालिकाले सबैभन्दा कम ५२.२५ अंक मात्र पाएको छ ।
उत्कृष्ट हुने रामप्रसाद राई गाउँपालिकाले कुल दश वटा सूचकहरुमध्ये शासकीय प्रबन्धमा ८.२५, संगठन तथा प्रशासनमा ६.७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा १०.५, वित्तिय एवम् आर्थिक व्यवस्थापनमा ८.५, सेवा प्रवाहमा १३.२५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ६, सामाजिक समावेशीकरणमा ८.२५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.७५ र सहकार्य एवम् समन्वयमा ६ अंक प्राप्त गरी भोजपुर जिल्लाको उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको हो ।
यस्तैगरी दोस्रो हुने पौवादुङ्मा गाउँपालिकाले दश वटा सूचकहरुमध्ये शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७, वित्तिय एवम् आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा १३.७५, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा ७.७५, सामाजिक समावेशीकरणमा ८.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ र सहकार्य एवम् समन्वयमा ५.५ अंक प्राप्त गरी दोस्रो उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको हो ।
समग्रमा भोजपुर जिल्लामा भोजपुर नगरपालिकाको प्राप्ताङ्क सबैभन्दा कम रहेको देखिएको छ भने त्यसपछि षडानन्द नगरपालिकाको संस्थागत क्षमता मुल्याङ्कन अंक समेत अरु निकायहरुको भन्दा न्यून रहेको पाइएको छ । गाउँपालिकाहरुमा हतुवागढी गाउँपालिकाको प्राप्त अंक अरु गाउँपालिकाहरुको भन्दा कम रहेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts