काँग्रेस केन्द्रिय समिति बैठक : चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने आवाज बलियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । सत्तारुढ दल नपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सदस्यहरुले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्य र पूर्वपदाधिकारीहरुको सरकारमा सशक्त उपस्थिति देखाउन जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पमा केन्द्रिय समितिको बैठकमा प्रश्तुत गरिएको विषयहरुमा छलफल जारी रहेको बताउनु भयो ।

उहाँले समसामयिक विषयमा, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरुले आफ्नो उपस्थिति सशक्त देखाउने र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने कुराहरुमा जोड दिइएको बताउनु भयो । उहाँले गठबन्धनलाई सफल बनाउने, नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विषयमा सदस्यहरु मत जाहेर गरेको बताउनु भयो । उहाँले पार्टीबाट पदाधिकारी, संसद, प्रधानमन्त्री कति पटक हुने भन्नेकुरा समय सान्दर्भिक नरहेको मत बढी आएको बताउनु भयो ।

ADVERTISEMENT

त्यस्तै चुनावअघिको गठबन्धनको बारेमा पनि निर्वाचनताकाको आवश्यकताअनुसार सिद्धान्तमा रहेर गर्ने/नगर्ने कुराहरु टुंगो लगाउनुपर्ने आवाज सदस्यहरुको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुभुत रुपमा केन्द्रिय समितिको बैठकमा प्रश्तुत गरिएको विषयहरुमा छलफल केन्द्रिछ । पछिल्लो समयमा पदाधिकारी र पूर्वपदाधिकारीहरु पनि बोल्दै हुनुहुन्छ । बैठक आज नै सकिँदैन । अर्को दिनमा बैठक बसेर टुंगो लाग्छ । समसामयिक विषयमा, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरुले आफ्नो उपस्थिति सशक्त देखाउने र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने कुराहरु आएको छ । यो गठबन्धनलाई सफल बनाउने, नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विषयमा मत राख्नुभएको छ । प्रधानमन्त्री, सांसद कति पदावधिसम्म हुने जस्ता विषयवस्तुहरु यि विषयहरु अहिले वास्तवमा समय सान्दर्भिक छैनन् भन्ने उठेको छ । गठबन्धनको विषय पनि निर्वाचनमा जुन बेला जान्छौँ, त्यस बेलामा आवश्यकताको सिद्धान्तमा रहेर गर्ने÷नगर्ने कुराहरु टुंगो लगाउनु पर्छ र मुलभुत रुपमा पार्टी एक्लै जित्ने परिवेश बनाउनुपर्छ, पार्टीमा एकता कायम हुनुपर्छ । पार्टीका पदाधिकारीको ध्यान एकाकार गरेर कसरी प्रश्तुत हुने भन्नेमा हुनुपर्छ भन्नेकुरा पनि उठेको छ । संविधान संशोधनका विषयमा समावेशिताको मुल मर्म र भावनालाई मर्न दिनुहुन्न भन्नेकुरा उठेको छ ।’

प्रवक्ता महतले वक्ताहरुले समानुपातिकता, समावेशिता, महिला, आदिवासी जनजातीको प्रतिनिधित्वको व्यवस्थाको मुल मर्म बिग्रिनु हुँदैन भन्नेमा जोड दिएको पनि बताउनु भयो । बैठकमा नेताहरुले पार्टीले एक्लै जित्ने परिवेश बनाउनुपर्ने र पार्टीमा एकता कायम रहनुपर्ने बारेमा सदस्यहरुको जोड रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज