काठमाडौं । शहरको भिडभाड, कोलाहाल, धूँवाधुलो, धपेडीबाट मुक्त हुन र सितल, स्वच्छ वातावरणमा रमाउनका लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौंसँगै जोडिएको यो जिल्लाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । नुवाकोटको साततले दरबार क्षेत्र, जसले देशको अनुपन शिल्पकलाको प्रतिनिधित्व गरेको छ ।
इतिहास हेर्ने हो भने, कुनै बेला काठमाडौंभन्दा शक्तिशाली थियो नुवाकोट । यो पृथ्वीनारायणले बाइसे-चौबिसे राज्यलाई एकिकरण गर्नुअघिको कुरा हो । त्यही बेला त हो नुवाकोट अनेकन शिल्पकलाले सजिएको । तर, विडम्बना त के भने प्राचिन हस्तशिल्पले खिपिएका संरचना अब सग्लो देख्न पाइनेछैन ।
‘गोरखा भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठ वटा संरचनाको पुनःनिर्माणको जिम्मेवारी चीन सरकारले लिए पनि काम भने अझै सम्पन्न हुन भने सकेको छैन ।
सोहीअनुसार नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच २०७६ जेठमा ४५ महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचनाको पुनःनिर्माण तथा प्रबलीकरण अझै अन्योल छ।
चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।













This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts