✍️ केशव चौलागाईं
झमक घिमिरे वास्तवमै संघर्ष, साहस र इच्छाशक्तिकी प्रतिमूर्ति हुन् । उनले ‘जीवन काँडा कि फूल’ पुस्तकमा आफ्नो जीवनका भोगाइहरूलाई खात लगाएर सूक्ष्म तरिकाले सरल सरस ढंगबाट व्यक्त गरेकी छन् । पुस्तकको अगाडिको भागको बीचमा प्रफुल्ल मुद्रामा लेखक स्वयं हाँसिरहेको तस्वीर रहेको छ । कभरको सिरानमा सुनौलो गोलाकारभित्र मदन पुरस्कार २०६० विजेता भनेर लेखिएको छ भने लेखकको शरीरको बीचमा सानो अक्षरले झमक घिमिरे लेखिएको छ । त्यसको ठीक तल सेतो रंगमा ठूला अक्षरमा ‘जीवन’ भनेर लेखिएको छ अनि ठीक तल अलि सानो अक्षरमा घण्टिफूल जस्तै रंगको रातो फूलमाथि ‘काँडा कि फूल’ भनेर लेखिएको छ ।
झमकमा आवाज शून्य थिए, ओठहरू जमजमाए बोल्ने आवाज उनीसँग थिएन । न त हिँड्नका लागि खुट्टामा सामथ्र्य नै थियो । घस्रिएर दुई चार हात टाढा पुगे पनि उनलाई मनमा नयाँ देशै पुगेझैँ रमाइलो हुन्थ्यो ।
पुस्तकको पछाडिको कभर पूरै कालो रंगले पोतिएको छ । कभरको बीचमा पर्ने गरी जन्मको झम घिमिरेलाई कर्मको झमक घिमिरेले जितेको कथा हो, जीवन काँडा कि फूल भनेर लेखिएको छ । कभरको तल्लो भागमा रातो र सेतो रंगले पोतिएको सानो लाम्चो आकारभित्र बुकहिल पब्लिकेसनको ओएवसाइड लेखिएको छ भने त्यसको ठीक तल बुकहिल पब्लिकेसनको लोगो र आइएस बिएन नम्बर राखिएको छ । त्यसको छेउमै आवरण स्केच सचिन योगोल लेखिएको छ ।
पुस्तकको भित्र गुदीजम्मा २४१ पृष्ठको छ भने यसका अतिरिक्त अगाडि र पछाडिका अरू पेजहरू गन्दा पुस्तक २६० पृष्ठको रहेको छ । पुस्तकको प्रकाशन बुकहिल पब्लिकेसनले गरेको छ । यो पुस्तक ‘जीवन काँडा कि फूल’ को २०७७ सालमा छैंटौं संस्करणका रूपमा प्रकाशित कृति हो । सरसर्ती हेर्दा यसको मूल्य कतै लेखिएको पाइँदैन । ‘जीवन काँडा कि फूल’ पुस्तकमा लेखक झमक घिमिरेले ४७ वटा शीर्षकमा आधारित रहेर निकै नै सरल, सरस एवं पढ्न बसेपछि छोड्नै नसकिने रसिलो तरिकाले पुस्तकलाई अगाडि बढाएकी छन् ।
सृष्टिको सुन्दर फूलको रूपमा रहेको यो जीवनमा म जन्मदै अपाङग भएर जन्मिएँ भन्दै समयले उनका पोल्टाभरि अभागका पोकाहरू थपाएको, नियतिले ठगिएको महसुस गर्दै जीवनमा कुनै उल्लास र कुनै मिठास नभएको हृदयलाई छियाछिया पार्ने हृदयस्पर्शी संवेदना, अनुभूतिशून्य जीवन, जहाँ कुनै दुखाइ छैन, रङ छैन, आफ्नोपन छैन, पशुतुल्य जीवन बाँच्न विवस जीवन प्रवाहसँगै नदीहरू निरन्तर बगिरहे, कहिले उछालिँदै, कहिले संयम हुँदै । सामाजिक आँखामा म पूर्वजन्मको पापको फलका रूपमा दरिँदै मलाई प्रकृतिले मान्छेको त्रूmर व्यवहार सहँनकै लागि जन्माइस् भन्दै अनेकानेक दुःखको अनुभूति दिलाउने प्रसंग यस पुस्तकमा रहेका छन् ।
झमकमा आवाजहरू शून्य थिए, ओठहरू जमजमाए बोल्ने आवाज उनीसँग थिएन । न त हिँड्नका लागि खुट्टामा सामथ्र्य नै थियो । घस्रिएर दुई–चार हात टाढा पुगे पनि उनलाई मनमा नयाँ देशै पुगेझैँ रमाइलो हुन्थ्यो । न त गोदावरी, मखमली, सुनाखरीका फूलहरू डालीभरि टिप्ने शक्ति हातमा थियो । मनभरि पाखापखेरामा कुद्ने रहर थियो तर पैतालामा आफ्नै ज्यान थिगार्ने बर्गत थिएन । घरको आर्थिक स्थिति त्यति राम्रो थिएन । घरमा भएका गाई, बाख्राहरूले आँखाबाट आँसु झारेको देख्दा लेखकलाई तिनीहरू पनि मलाई नै देखेर रोएका होलान् भने जस्तो अनुभूति हुन्थ्यो । बाँधेका गाई बाख्राका दाम्ला कचियाले काटेर छाडिदिँदा आमाबाट गोदाइ खाएका प्रसंग निकै रोचक रहेका छन् ।
पशुहरूलाई कसैले कुट्दा न त भयो नकुट्नुहोस् भन्न सक्छन्, न ऐया दुख्यो भन्न नै सक्छन् । लेखकको जीवन पनि त्यसभन्दा कम थिएन । खाने, लगाउने, हेरचाह गर्ने, उठाउने, सुताउने हरेक कार्यमा हजुरआमाले नै सहयोग गर्नुहुन्थ्यो । आज हजुरआमा भौतिक रूपमा नभए पनि उनको याद लेखकको मानसपटलभरि सजीव भएर बाँचिरहेको अनुभूतिसँगै पुस्तक अगाडि बढेको छ । झमकलाई अक्षरसँग माया पलाएको छ । उनले पहिलो अक्षर भुइँमै लेख्न जानेकी थिइन । मनमनै उच्चारण गर्न जानेकी थिइन् भाइबहिनीहरूले पढेको सुनेर । सिन्काले भाँचेर, धुलोमा कलिला छाला उक्काएर, बिहानको शीत बटुकामा थापेर, ढुंगमा रगडेर अक्षर लेख्दै भएका अत्यन्त मार्मिक प्रसंग पुस्तकमा रहेका छन् ।
ढुंगामा रगड्दा उनका खुट्टाका औँलाबाट रगत छरछरी निस्किएका थिएँ । पहिलो, दोस्रो अनि तेस्रो गरेर अक्षर लेख्दै गर्दा उनी खुशीले फुरुङ्ग भएकी थिइन । उनले आपूm खुशी हुँदा खुशी हुने र दुःखी हुँदा दुःखी हुने कोही मान्छे नभएको कुरा पुस्तकमा पटकपटक गरेकी छन् । मासिक धर्म रजस्वला देखापर्दा अलग्गै बस्नुपर्ने, छुन नहुने, ओछ्यानमा सुत्न नहुने, ओछ्यान फेर्दा निद्रा नलाग्ने, राती अबेरसम्म छट्पटिएर निद्रा नलाग्ने, चिच्याउने, कराउने, लुगाभरि रगत लाग्ने जस्ता अनेकानेक समस्याका बारेमा पुस्तकमा वर्णन पाइन्छन् । बाबालाई हेर्न नहुने, दाजुभाइलाई हेर्न नहुने, घामलाई हेर्न नहुने, रुखबिरुवा छुन नहुुने जस्ता प्रसंग पनि यस पुस्तकमा झमकले वर्णन गरेकी छन् ।
उनलाई सामाजिक, धार्मिक, परम्परागत संस्कृतिका कैयौं कुरा मन परेका थिएनन् र पनि उनी भोग्न बाध्य थिइन् । उनीमा परम्परागत गलत मान्यताको विरुद्ध चेतनाको बीजारोपण भइसकेको थियो । पढ्नलाई कापी, कलम, इरेजर किनेर ल्याइदिँदाका खुशी, किन्दाका पीडा, बुबाका ठर्रा खाने साथीका कुरा, बाटामा मागेर खाने कुरा, चटक देखाएर खाने कुरा, कुहिएर मर्ने कुरा, बाबाका साथीहरूले फुलिस्केप ल्याइदिएको कुरा, त्यही फुलिस्केपमा वरिपरि भएका प्रकृतिका सजीव चित्र कोर्दा खुशी भएका कुरा, अवसरका कुरा, अवसर नपाएर खुम्चिएर बस्नुपर्ने कुरा, अवसर खोज्नुपर्ने, खोजिरहनु पर्ने, अवसर खोज्न नछोड्ने कुरा पटक–पटक दोहोरिएर आएका छन् झमकका जीवनका हर पाइलाहरूमा ।
साहित्यिक धरातलको माटोलाई जिल्याउने, खन्ने, जोत्ने, डल्ला फोर्ने र साहित्यलाई अन्तिम रूप दिएर लेख प्रकाशित गर्ने सबैलाई उनले धन्यवाद दिने गर्थिन् । यस जीवनीमा उनले आफूलाई साहित्यिक लेखन, प्रकाशन, गरेर राष्ट्र«व्यापी बनाइदिने सबैले जिन्दगीको बाटोलाई फराकिलो बनाइदिएकोमा सलाम गरेकी छन् । पारिजात, मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौला, रमेश विकल, लेखनाथ भण्डारी, शोभा गैताम, रम्यता लिम्बू, समीप शर्मा जस्ता धेरै साहित्यकारका पुस्तकका साथै उनले रुसी, भियतनामी, चिनियाँ साहित्यकारका पुस्तकहरू पढेका कुरा उल्लेख भएका छन् ।
जीवन नदी जस्तै हुनुपर्ने विनास्वार्थ सेवा गर्न सक्ने, संलो भएर सुन्दरता दिन सक्ने, सबै सबैको सेवक बन्न सक्नुपर्ने कुरा यस पुस्तकमा दर्शिएका छन् । सिर्जना जीवनको आभा हो । तिनै आभालाई पछ्याएर बाँच्न सकियो भने यो जीवन सार्थक हुने कुराको चुरो रहेको यसमा रहेको छ ।
२०५७ सालमा पहिलो पटक काठमाडौंमा पाइला टेकेकी झमक काठमाडौं शहर देख्दा दंग परेको अनुवभ गरेकी छन् । यस संसारमा केही मानिस ठूला र कोही साना हुँदैनन् सबै मानिस बरबर हुन्छन् भन्ने भावना उनमा थियो । उनी मानवताकी प्रतिमूर्ति थिइन् । उनी कसैसँग माग्ने, कसैको लोभ प्रलोभनमा पर्ने स्वभावकी थिइनन् । कति मानिसहरूले उनलाई ठूला मानिसहरूसँग अनुनयविनय गर्न सिकाए अहँ उनले मान्दै मानिन् । बेकम्मा ठानिएकी, समाजबाट पछाडि पारिएकी एउटी महिला सिर्जनको बस्तीमा पसेर सिर्जनारूपी फूलबारीमा धेरै फूलहरू रोपिन् । उनका सिर्जनामा अलिकति विवेक थियो, अलिकति सजीवता थियो, अलिकति विचार थियो जुन कुरा कसैलाई मन पर्दैनथ्यो कसैलाई मन पथ्र्यो ।
बाबाले यसको काम छैन घरमा बस्छे खान्छे । साँच्चै घरमा बस्नेको केही काम हुँदैन त ? दिनभर फुर्सद हुँदैन । के घन ठोक्नु, कोदालो खन्नु, भारी बोक्नु, दिनभरि कार्यालयमा जागिर खानु मात्र श्रम हो त ? भन्दै पुस्तकमा श्रमको महत्वलाई लेखिकाले प्रष्ट पारेकी छन् । पक्कै पनि जगदीश घिमिरेले ‘अन्तरमनको यात्रा’ मा ‘मनको बह सबैलाई कह’ भनेर लेखेका छन् । यहाँ पनि झमकले ‘दुःख बाँडे आधा हुन्छ, सुख बाँडे दोब्बर’ भनेर दुःख सुखका अनुभूतिहरू यत्रतत्र सर्वत्र छताछुल्ल पोखेकी छन् साहित्यरूपी कलममार्फत ।
झमकको कलमले कहिले असमानका विरुद्ध समानताका स्वरहरू, कहिले अन्याय, अत्याचार अस्तव्यस्तताका विरुद्ध न्याय, सदाचार, सुव्यवस्थाका स्वरहरू ओकलिरहृयो, ओकलिरहृयो पुस्तकका पाना पानामा, हरफ हरफमा, शब्द शब्दमा । स्वतन्त्रताका लागि उनको कलम दगुरिरहृयो, अविरल रूपमा, कहीँ कतै नरोकिइकन, नडग्मगाइकन आफ्नै परिधिभित्रको साहित्ययात्रामा । झमकको कलमले संसारका शिक्षित र सभ्य मानिसले संसारलाई अँध्यारो युगबाट उज्यालो युगतर्फ डोहो¥याएको कुरामा हर्ष व्यक्त गरेको छ । जसका कलमले संसारमा अज्ञान, अचेतनको कालो दुवाँलो हटाई ज्ञान र चेतनाको ज्योति दिए ।
तिनीहरूप्र्रति उच्च श्रद्धा भाव व्यक्त भएका छन् पटक-पटक नम्रताका साथ । तर, त्यही कलम योग्यताका सर्टिपिकेटहरूले भरिभराउ ज्ञान र क्षमताको समाजले, संसारले अलिकति पनि प्रयोग गर्न पाउँदैन, सक्दैन, उपभोग गर्दैन, अझ भनौँ मानव जीवनले त्यसको अनुभूति गर्न पाउँदैन भने मान्छेले जतिसुकै पढोस्, लेखोस्, शिक्षित र सभ्य होस् उसको त्यो ज्ञनको के अर्थ भयो र के काम लाग्यो र यो समाजलाई, यो देशलाई, यो विश्वलाई । २००७ सालको आन्दोलन होस्, ०४७ सालको आन्दोलन होस् वा २०६२/०६३ सालको आन्दोलनको कुरा होस् । लेखकका आन्दोलनले जनताका कहअधिकार स्थापित गरेका कुरा, आन्दोलनका दुःखका कुरा, आन्दोलनका क्रममा घाइते, अपाङ्गका कुरा, टुहुराका कुरा, शहीदका कुराहरूलाई निकै सरल एवम मर्मस्पर्शी ढंगबाट व्यक्त गरेकी छन् ।
जीवन नदी जस्तै हुनुपर्ने विनास्वार्थ सेवा गर्न सक्ने, संलो भएर सुन्दरता दिन सक्ने, सबै सबैको सेवक बन्न सक्नुपर्ने कुरा दर्शिएका छन् पटक पटक । सिर्जना जीवनको आभा हो । तिनै आभालाई पछ्याएर बाँच्न सकियो भने यो जीवन सार्थक हुने कुराको चुरो रहेको छ । यही आभालाई लेखिकाले पछ्याइरहेकी छिन निरन्तर निरन्तर पछ्याइरहेकी छन् । तिनै जीवनका आभालाई पछ्याउन सहमतिका हातहरूको आवश्यकता पर्दछ । सहमति, सहकार्य र एकता सबैका लागि खाँचो छ, सधैंका लागि आवश्यक छ । मलाई सहमति जनाई मेरा सिर्जनालाई माया गर्ने धेरै मान्छेहरू भएको भन्दै तिनै मानवका हातहरूमा सहमति जनाएकी छन् झमकले ।
फूलमा काँडा र पात दुबै भयो भने त्यो फूल अझ मनमोहक बन्दछ । जीवनमा सधैं सुखैसुख भयो भने सुख-दुःखको महत्व छुट्याउन सकिँदैन । जीवनमा अनेकौँ घुम्ती, मोड, गल्ली, गल्छेडाहरू पार गर्दै अगाडि बढेको जीवनयात्रा नै क्रमशः सरल र सहज हुँदै जान्छ । मेहनतपछिको सफलता, दुःखपछिको सुखले आनन्दता प्रदान गर्दछ । जीवन भनकोे दिन र रात जस्तै हो । जीवनलाई कहिले फूलको रूपमा त कहिले काँडाको रूपमा औँल्याउँदै जीवन काँडा कि फूल अगाडि बढेको छ । (लेखक रिलायन्स पब्लिक स्कुलका नेपाली विभागीय प्रमुखको रूपमा कार्यरत हु्नुहुन्छ ।)







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता