गुल्मी । स्थानीय नागरिकलाई शुद्ध पानी पुर्याउने उद्देश्यले गुल्मीको कालीगण्डकी गाउँपालिकाले खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस गाउँपालिकाको खानेपानी गुणस्तर अनुगमन निर्देशिका, २०८० अनुसार पालिकाभित्र सञ्चालित सम्पूर्ण खानेपानी योजना तथा खानेपानीको लागि प्रयोग भइरहेका संरक्षित मुहानहरुको पानी परीक्षण गरिने भएको हो ।
सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । निर्देशिका अनुसार संरक्षित मुहानहरुको पानी प्रत्येक तीन/तीन महिनामा वर्षात भन्दा अगाडि, वर्षातको समयमा र वर्षात पछाडि परीक्षण गर्नुपर्ने छ ।
यहाँ पालिकाभित्रको खानेपानीलाई व्यवस्थित, सुरक्षित र दीगो बनाउनको लागि विभिन्न ऐन, कार्यविधी तथा निर्देशिकाहरु बनाइ लागु गरिएको छ । पानी परीक्षण गर्नको लागि कम्तिमा १० वटा प्यारामिटर परीक्षण गर्नेगरी खानेपानी परीक्षण प्रयोगशाला सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
खानेपानी परीक्षणका लागि पुर्तिघाट स्वास्थ्य चौकी, फोक्सिङ्ग स्वास्थ्य चौकी, अर्वेनी वडा कार्यालय र कालिगण्डकी गाउँपालिकाको कार्यालय (वास शाखा) मा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । स्थानीय नागरिकले वर्षातको समयमा एक पटक आफुलाई पायक पर्ने खानेपानी परीक्षण प्रयोगशालामा पानीको नमुना लिएर अनिवार्य परीक्षण गराउनुपर्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच