
काठमाडौं । नोर्बुछिरिङ शेर्पाले लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको आठौँ संस्करणको उपाधि चुम्नुभएको छ । शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि आफ्नो पोल्टामा पार्नुभएको हो । दोस्रो हुनुभएका आशिष श्रेष्ठले ४० अंक जोड्नुभएको थियो ।
महिलातर्फ ३४ अंक बनाउनुभएकी सुमित्रा खड्का विजेता र आरती राणा ३३ अंकका साथ उपविजेता हुनुभयो ।
मेजर जनरल (निवृत्त) महेशविक्रम कार्की टेन्डी शेर्पासँग बराबरी भएपछि काउन्ट ब्याकमा ३४ अंकका साथ सिनियर (६० वर्ष र सोभन्दा माथि) विजेता बन्नुभएको हो ।
सद्भाव आचार्यले लङ ड्राइभको अवार्ड हात पार्नुभयो । ताहिर शाहले सबैभन्दा नजिकको पिन र वाङ्चेन धोन्डुपले चार बडी र एउटा चीलसहित मोस्ट बर्डिजको अवार्ड प्राप्त गर्नुभयो ।
लक्ष्मी सनराइज बैंकको मुख्य प्रायोजनमा भएको इभेन्टमा सात महिलासहित ९६ गल्फ खेलाडीको सहभागिता थियो । प्रतियोगिताका विजेताहरूलाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच