हुलाकी राजमार्गको काम तत्काल अगाडि नबढे पालिका प्रमुख अनसन बस्ने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । हुलाकी राजमार्ग तत्काल बनाउनका लागि प्रतापपुर गाउँपालिकाले संघीय सरकारसंग माग गरेको छ । राजमार्ग निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीयले दुख पाएको भन्दै गाउँपालिकाले संघीय सरकारलाई पत्राचार गर्दै सडक निर्माणको काम तत्काल अघि बढाउन माग गरेको हो ।

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले हुलाकी सडक निर्देशनालयलाई बुधबार पत्र लेख्दै राजमार्ग निर्माणको काम तत्काल अघि नबढाए अनसन बस्ने चेतावनी दिनु भएको छ । भदौ महिना भित्रमा नै राजमार्गको काम तत्काल अगाडि नबढेमा पालिका अध्यक्षको नेतृत्वमा कार्यपालिकाका पदाधिकारी तथा नागरिक समाजसहित अनसन बसेर दबाब दिनु पर्ने बाध्यात्मक परिस्थिति भएकोले दबाब मुलक कार्यक्रमसमेत घोषणा पालिकाले गरेको छ । "हुलाकी राजमार्ग निर्माणमा चरम लापरबाही भएको छ । संघीय सरकारको योजनामा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।" अध्यक्ष यादवले भन्नुभयो ।

प्रतापपुर गाउँपालिका भित्र पर्ने हुलाकी राजमार्ग अन्तर्गतको गोपिगञ्जदेखि बेलटारीसम्मको ६ दशमलव ५ किलोमिटर सडक रहेको छ । राजमार्गको ६ दशमलव ५ किलोमिटर सडक ६ वर्ष हुँदा समेत काम सम्पन्न भएको छैन । सडक समयमा नबन्ने र सडक निर्माणको कामसमेत अगाडि बढ्न सकेको छैन । सडक अलपत्र हुँदा गाउँपालिकाले तत्काल कामलाई अगाडि बढाउन माग गरेको अध्यक्ष यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ -" सडक बनाउने हो भने तत्काल काम अगाडी बढाउनु पर्‍यो, होइन निर्देशनालयले काम गर्न नसक्ने हो भने गाउँपालिकालाई कार्यान्वयनको जिम्मा दिनुपर्छ । तर सडक अलपत्र बनाएर जनतालाई सास्ती दिन पाइदैन ।"

ADVERTISEMENT

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले संघ सरकारलाई पठाएको पत्रमा पालिकालाई कार्यान्वयनको जिम्मेवारी दिए तत्कालै काम सक्ने तयारीमा रहेको यादवले उल्लेख गर्नु भयो । "हुलाकी सडक मध्य गाउँपालिका भित्र पर्ने भागको बाँकी काम प्रतापपुर गाउपालिकालाई दिए ४ महिना भित्र नै सम्पन्न गर्छौ ।" यादवले भन्नुभयो ।

सडक निमार्णको क्रममा खनिएको खाडलले गर्दा सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । जसले गर्दा दैनिक दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसँग पटक-पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्काल पहलकदमी गर्न पत्र मार्फत माग गरिएको छ ।

२०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अहिलेसम्म पनि सम्पन्न नभएको भन्दै गाउँपालिकाले ध्यानाकर्षण गराएको हो । संघीय सरकारको योजनामा रहेको हुलाकी सडक निर्माण नहुँदा स्थानीयले दैनिक जसो दुर्घटना र यात्राको सास्ती खेप्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?