काठमाडौं । चलचित्र ‘लाखे आजु’ बडा दशैँको छेको पारेर सिनेमाघरमा आउने भएको छ । निर्माता गोपाल कायस्थले चलचित्र दशैँको छेकोमा रिलिज गर्ने तयारी गरेको जानकारी दिनुभयो । चलचित्रको रिलिज मिति भने केही दिनमा टुंगो लाग्ने उहाँले बताउनुभयो ।
सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर मंगलवार सार्वजनिक भएको छ । आर्यम नकर्मी निर्देशित चलचित्रको निर्माण तीन वर्षदेखि भइरहेको थियो । चलचित्रलाई नेपाली र नेवारी भाषामा एकसाथ प्रदर्शन गरिनेछ । विदेशमा भने अंग्र्रेजी भाषामा जानेछ । चलचित्रलाई नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनको तयारी छ ।
विके फिल्म्सले चलचित्रलाई नेपाल र विदेशमा वितरण गर्नेछ । चलचित्रमा सोहित र अशिष्मासहित मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशीलगायतको अभिनय छ । चलचित्रका निर्मातामा प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठले संयुक्तरूपमा लगानी छ ।






